दफा १७
क्याम्पसहरुको हस्तान्तरण सम्बन्धी व्यवस्था
(१) यो ऐन प्रारम्भ हुंदाका बखत त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा सञ्चालन भएका नेपाल भित्रका कुनै क्याम्पसहरु विश्वविद्यालयको आङ्गिक क्याम्पसको रुपमा रहन चाहेमा त्रिभुवन विश्वविद्यालयको स्वीकृति लिई तोकिएका आधारमा त्यस्ता क्याम्पसहरु विश्वविद्यालयमा हस्तान्तरण हुन सक्नेछन् ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत त्रिभुवन विश्वविद्यालयसंग सम्बन्धन प्राप्त नेपाल भित्रका कुनै क्याम्पसहरु सो क्याम्पसको सहमतिको आधारमा विश्वविद्यालयले सम्बन्धन प्रदान गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम कुनै क्याम्पसले विश्वविद्यालयसंग सम्बन्धन प्राप्त गर्न चाहेमा त्यसको अग्रिम जानकारी त्रिभुवन विश्वविद्यालयलाई दिनु पर्नेछ ।
(४) क्याम्पसहरुको हस्तान्तरण तथा सम्बन्धन प्रदान गर्ने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।